भरौल / लामो समयदेखि सुनसरीको रामधुनी नगरपालिका झुम्कामा ज्वेलर्स सञ्चालन गर्दै आएका एक ब्यापारीले आज विहान आत्महत्या गरेका छन ।

रामधुनी झुम्कामा ओम महालक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका दिपेन्द्र श्रेष्ठ आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन । झुम्कामा उनले संचालन गरेको सुन पसल अत्याधिक चल्ने गरेको स्थानीय बताउछन् ।
श्रेष्ठ के कारणले झुण्डिए भन्ने विषयमा आफुहरु अन्योलमा रहेको झुम्का उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डिल्ली कार्कीले बताए ।
घट्नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।