ब्लाष्टखबर । देवानगञ्जमा प्रहरी र हतियार धारी विच बिहिबार राति गाेलि हानाहन हुदाँ दुइ हतियार धारी घाइते भएका छन् ।

देवानगञ्ज गाउँपालिका ६ नम्बर वडा स्थित पानीटंकीमा बिहिबार राति करिव ९ बजे चेक जाँचकाे क्रममा भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा आएका पाँचजनाले गोली प्रहरी माथि गाेलि चलाए पछि भएकाे जवाफी कारवाहिमा दुइ जना हतियार धारी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनाेद शर्माले जनाएका छन् । 

उनका अनुसार देवानगञ्ज गाउँपालिका २ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका हुन् । घइते दुवैकाे विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ । घटनामा संलग्न अन्य तीन जना भारत तर्फ भागेकाेले खाेजि कार्य भइरहकाे डिएसपी सर्माले बताएका छन् । सर्माले भागेकाहर भारतिय हुनुक्ने बताउदै उनिहर कन्ट्राक किलर वा हतियार काराेकारी हुनसक्ने भएकाले साेहि अनुसार अनुसन्धान गरीरहकाे बताउका छन् । घइते भएका यादव चाेरी डकैती र लुटपाट जस्ता अपराधीक क्रियाकलापमा संलग्न रहेकाे उनले बताएका छन् ।

घटना स्थलमा प्रहरीले अटोमेटिक युएसए लेखिएको पेस्तोल एउटा, गोली ६ राउण्ड, २ थान म्यागजिन बरामद भएको छ । त्यस्तै बिआर ३८ भि ३५२८ र अन टेष्ट १२५ सीसीको साइन मोटरसाइकल बरामद गरेकाे डिएसपी सर्माले जानकारी दिएका छन्  । 

घइतेहरू मध्याे एककाे दाहिने तिघ्रमा गाेलि लागेकाे छ भने अर्काकाे दायाँ खुट्टाकाे नलिका २ वटा प्वाल रहेकाे बताइउकाे छ ।