पथरी/ मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस पार्टी परित्याग गरी १ सय ५० जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य महेश रेग्मीले नवप्रवेशीलाई अविरको टिका र खदा लगाएर नेकपामा प्रवेश गराएको हो । नेपाली कांग्रेस निकट तरुणदलको जिल्ला सदस्य विशु राईको नेतृत्वमा तरुणदलका १५० जना युवाहरु नेकपाको पार्टी प्रवेश कार्यक्रममा प्रवेश गरेको नेकपा गाउँ सचिव मनोज राजवंशीले बताए । कानेपोखरी गाउँपालिकाको वडा नं. ७ र ५ को धेरै युवा सहित सवै वडाका युवाहरु पार्टी प्रवेश गरेका थिए ।
पाटीका केन्द्रिय सदस्य महेश रेग्मीले नवप्रवेशीलाई युवाहरुको योग्यता, क्षमता अनुसार पार्टीको विभिन्न जनवर्गीय संगठनमा जिम्मेवारी दिएर युवाहरुको उज्यालो भविश्य बनाउने तर्फ नेकपा लाग्ने बताएका छन् । कार्यक्रममा बक्ताहरुले गत निर्वाचनमा हस्पिटल संचालकले पैसाको भरमा चुनाव जित्न खोजेको भन्र्दै पैसामा नलोभिन युवाहरुलाई आग्रह गरेका थिए । भाग्य, भविश्य युवाहरुको हातमा रहेकोले लागुऔषध र दुरव्यसनीमा नलाग्न समेत आग्रह गर्दै युवा देख्दा जनता डराउने भन्दा पनि युवाहरुले जनताको मन जित्नु पर्ने बताएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा पार्टी प्रदेश सदस्य गीता तिम्सिना, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य इश्वरी आचार्य, क्षेत्र नं. २ का सांसद लिलाबल्व अधिकारी, पार्टी गाउँ इन्चार्ज राजेन्द्र मण्डल र राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष नविन पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
पार्टी प्रदेश सदस्य इन्द्र सुब्बा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य बिजय डांगी, युवा फ्याक्सन मोरङ इन्चाज अशोक दाहाल, गाउँ पार्टी सहइन्चार्ज अम्बिका अर्याल, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत लगाएत पार्टी प्रवेश कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा सभापती गाउँपार्टी अध्यक्ष भोला अधिकारी रहेको थियो ।