धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभामा ६ वटा विषयगत समितिले मंगलबार वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रस्तुत प्रतिवेदनमाथि भोलि छलफल हुनेछ । विषयगत समितिका संयोजकहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको नगरसभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ मा कोभिड १९ का कारण प्रभावित बनेको व्यापारी व्यवसायीको हकमा ३५ प्रतिशतसम्म कर छुट दिने निर्णय भएको छ । त्यस्तै कर उठाउने विषयमा पनि छलफल भएको छ ।

संवैधानिक व्यवस्था अनुरूप राजस्व परामर्श समिति, न्यायिक समिति, आर्थिक विनियोजन विधेयक समिति, वातावरण तथा पर्यावरण समितिलगायतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आर्थिक विनियोजन विधेयक प्रस्तुत गरिन् ।

असार २६ गते बस्ने भनिएको नगरसभा नगर प्रमुख तिलक राईको पेस्की बेरुजुको विषयमा समाचार प्रकाशित भएपछि स्थगित भएको थियो । नगर प्रमुख राईले पेस्कीका विषयमा पछ्र्यौट गर्ने आइतबार प्रतिवद्धता गरेपछि नगरसभा मंगलबार र बुधबार बस्ने गरी स्थगित भएको थियो ।