ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले जानकारी गराएका छन्  । 

आज ३४ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएकाे गौतमले बताएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या १० हजार ३ सय २१ जना पुगेकाे बताउदै डा. गौतमले ६०.५३ प्रतिसत संक्रमित निकाे बताएका छन् । उनले ६ हजार ६ सय ९५ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका आइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।

गाैतमले प्रदेश १ मा ३ हजार १ सय ४३ जना क्वारेन्टाइनमा रहकाे र बताउदै,  सम्म ७ सय ७५ जना संक्रमित पुष्टि भएकामा हाल १ सय ७१ जना संक्रमितकाे आइसालेसनमा राखी उपचार भइरहेकाे जानकारी गराएका छन् । आज सुनसरीमा १ जना, धनकुटामा ३ जना , तेह्रथुम का १ जना, इलामका २ जना झापाका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे बताएका छन् । 

हाल सम्म नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ३८ जना रहेकाे छ  ।