धरान  / नेपका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का प्रदेश सभा सदस्य भीम आचार्यले सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाका बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन् ।

आज बाढी तथा पहिरोले क्षति पु¥याएको क्षेत्रहरुमा निरिक्षण गरेका हुन । धरान–६ स्थित सेरा खोलाबाट भएको क्षति, सुन्दरबस्तीका बाढी पीडितहरुको घरमा पुगेका थिए । यस्तै धरान–७ सिथत खहरेले पु¥याएको क्षतिसमेत निरिक्षण गरेको नेकपा धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । पानवारीबाट शुरु गरेका नेता आचार्यले धरान–१७ स्थित सर्दु खोलाले क्षति पु¥याएको बाढी पीडितहरुको घरमा पुगेका थिए ।
बाढीले धरानको सुकुम्वासी बस्ती, सर्दु, सेउती र सेरा खोलाले क्षति पु¥याएको थियो । निरिक्षणका क्रममा स्थानीयवासीहरुले सेउती सर्दु करिडर चाढो संचालन गरि धरानमा हुने बाढी पहिरोको स्थायी समाधान खोज्न माग गरेका थिए ।

109013603_567376353939104_8207112019877291042_n सांसद भिम आर्चायले धरान क्षेत्रको खोलाको निरिक्षण गर्दै क्षति न्युनिकरणका लागी तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएका थिए । 
नेकपा स्थायी कमिटी सदस्य समेत रहेका आर्चाय सहित नेकपाका पदाधिकारी तथा वडाअध्यक्षहरूको टोलीले ति क्षेत्रमा निरिक्षण गरी खोलाका कारण भएको क्षतिको अनुमानित विवरण समेत निकालेका छन । धरानको सर्दु, सेउती, शेहरा तथा अँधेरी खोलाको निरिक्षण गर्दै यि सबै क्षेत्रमा तत्काल क्षति न्युनिकरणका लागी करिब ५ सय तारजाली लगाई रोकथाम गर्ने आचार्यले प्रतिबद्धता जनाएका छन । यस्तै, सरस्वती चोक ठकुरी खोलाको पक्की कल्भर्ट भत्काएकोमा त्यसको समेत निरिक्षण गरिएको छ । दिर्घकालिन रूपमा यि क्षेत्रको सुरक्षाका लागी योजनाहरू ल्याउने नेता आचार्यले विश्वास दिलाए ।

109079892_2699268633727290_2861123502607697425_n
निरिक्षण टोलीमा नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य किरण राइ,  प्रदेश सभा सदस्य उमिता बराइली, नेकपा प्रदेश कमिटी सदस्यहरु मुकेश, आइन्द्रविक्रम बेघा, जिल्ला कमिटी सचिव रमेश बस्नेत, सदस्यहरु प्रकाश राई, चोत्लुङ, पदम लिम्बु, नगर अध्यक्ष सुवेदी,  सचिव सुदर्शन श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।

109306023_310043146841113_721466663666896302_n