ब्लाष्टखबर । आज ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

पार्टीका भित्रकाे आन्तरिक विवाद मिलाउन अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

विचकाे छलफलकाे समय अवधि थप गरी सहमति कायम गर्नका लागी भन्दै चौथो पटक बैठक स्थगित गरिएको हो ।

पार्टी भित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाइ अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट राजीनामा मागेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ ।

प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थगित भएको हाे ।

 

 

अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।