धरान  / समाजवादी पार्टीले संसदमा राष्ट्रहित विपरित प्रस्ताव गर्ने सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीबाट निस्काशनसँगै उनी सांसद पद पनि चट भएको छ ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएएर विवादमा आएकी थिइन ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न पार्टीले निर्देशन उनले अवज्ञा गरेकी थिइन । समाजबादीले गिरीको स्थानमा ललितपुर निवासी लिला सिटौलालाई संसद बनाउने तयारी गरेको छ ।

सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने भएकी हुन ।