ब्लाष्टखबर । तीन दिनसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष विच भएकाे छलफलपछि स्थायी समितिको बैठक भेली बस्ने भएकाे छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा स्थायी समितिको बैठक राखेर छलफल गर्ने समझदारी बनेको स्रोतले जनाएको छ।

असार १० देखी पटक-पटक स्थगित गरिँदै आएको बैठक यसअघि २२ गतेका लागि तय भएकाे थियाे । बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि पार्टी नै विभाजनको संघारमा पुगेको थियो।  पार्टीभित्र बढेकाे आन्तरिक विवादका बढ्न थालेपछि दुई अध्यक्ष विच छलफकाे समय निकाल्न स्थगित भएकाे उक्त बैठक दुई अध्यक्ष विच समजदारी बनेपछि भाेलि बस्ने भएकाे हाे । 

नेकपा दुई अध्यक्ष ओली र प्रचण्डले आइतबार, सोमबार र आज छलफल गरेका हुन्।