काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षने ताहरूबीचको सम्बन्ध झन विग्रेर गएको छ । आइतबार दिउँसो प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ आफ्ना समूहका पाँचजना नेतासहित बालुवाटारमा छलफलमा बसे । उक्त बसाईप्रति माधव नेपालले आपति जनाएका थिए ।


आइतबारको छलफलमा दुई अध्यक्ष आ–आफ्नै अडानमा रहेका कारण कुनै सहमति हुन सकेन । सोमबार सचिवालय बैठक बस्ने भनिए पनि थप सहमति खोज्न भन्दैं सचिवालय बैठक सारिएको छ । सोमबार पनि बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डले एक्लाएक्लै कुराकानी गरे पनि कुनै ठोस निर्णय निस्किएन । स्थायी कमिटीको बैठक बुधबारसम्मलाई स्थगन गरिएको छ । यो छलफलबारे माधव नेपाल पक्षलाई कुनै जानकारी नभएको बताइएको छ ।

हिजोसम्मको छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुर्व पद छाड्ने पक्षमा देखिएका छैनन् ।
प्रचण्ड र माधव नेपालसहितको समझदारीमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, कतिपय प्रदेशका मुख्यमन्त्रीहरू हेरफेर गर्ने, पार्टीका नेताहरूको जिम्मेवारी फेरबदल गर्ने र सरकार सञ्चालनमा ओलीको कार्यशैली फेर्नेजस्ता कुरामा समझदारी गरेर जान सकिने ओली निकट एक नेताले बताएका थिए ।

अहिले समझदारीको प्रयास पनि यसकै वरिपरि रहेर भइरहेको नेकपा स्रोतले जनाएको छ । प्रदेश १ र प्रदेश ५ का मख्यमन्त्री पनि काठमाडौं पुगिु सकेका छन् ।
यता जिल्ला जिल्लामा मध्यमार्गी नेताहरू। पार्टी कार्यकर्ताहरुले ओली र प्रचण्डको समझदारीमा माधव नेपालसहितका वरिष्ठ नेताहरूलाई पनि सहभागी गराएर पार्टीलाई विभाजनबाट जोगाउन दबाब दिइरहेका छन् । प्रदेश १ का संयोजक र सचिवहरुले विज्ञप्ति नै जारी गरि समझदारीमा आउन आग्रह गरेका थिए ।