ब्लाष्टखबर । गलवान क्षेत्रमा भरातीय र चीनीया सैनिक विच भएकाे झडपमा भएका घाइतेलाई भारतिय प्रधानमन्त्री नरेन्द्र माेदिले भेटेकाे भनि सार्वजनिक भएका तस्विर तथा भिडियाेहरू विवामा तानिएका छन् । 

भारतीय जनता पार्टी (विजेपी)  शुक्रबार  मोदी लद्दाखको भ्रमण गरी गल्भान उपत्यकामा घाइते सैनिकहरूलाई भेट्न अस्पताल गएकाे भन्दै सामाजिक संञ्जालमा साझा गरेकाे उक्त तस्बिरमा अस्पताल वार्ड र घाइतेहरू असामान्य देखिएपछि सामाजिक संञ्जालमा माेदिकाे आलाेचना  भएकाे हाे । 

सामाजिक संञ्जाल प्रयाेग कर्ताहरूले कन्फरेन्स रूममा नक्कली घाइतेहरू तयार पारर भिडियाे खिचेर संञ्चार माध्यमहरूलाई आफूतिर आकर्षित गराइ माेदिले जनतामा भ्रम छरेकाे बताएका छन् । 

फोटो र भिडियोले घाइते सिपाहीहरूलाई अस्पतालको वार्डको सट्टा ठूलो कन्फरेन्स रूमको भित्र पट्टि पंक्तिमा बसेको देखाइएको छ । पंक्तिमा बसे घाइतेहरूमका कुनै प्रकारकाे चेटपटक तथा शारिरीक समस्या भए जस्ताे देखीदैन । पूर्णरूपमा हलकाे संरचना रहकाे उक्त वार्डमा  बेड नजिकै अस्पतालमा हुनु पर्ने प्रकारकाे भैतिक संरचना तथा पानी, अक्सिजन सिलिन्डर, आैषधी  पनि देखीदैन ।  

तस्विरमा अस्पतालकाे वार्ड बताइएकाे उक्त काेठाकाे छतमा प्रजेक्टर देखिएकाे छ । अस्पताल वार्डकालागी चाहिने ग्यासका पाइप डाक्टर तथा नर्सहरू देखिदैन ।

 

Capture 1