धरान / धरान उपमहानगरपालिकाको गत असार १० गते भएकोकार्यपालिका बैठकको सहमति विपरित वडाहरुमा बजेटको सिलिङ पठाएको भन्दैं केही वडाअध्यक्षहरु आपति जनाएका छन् ।  मेयर तिलक राईले आफुखुशी बजेटको सिलिङ घटाएर पठाएको उनीहरुको आरोप छ ।

नगरसभामा वडागत बजेटतर्फ २२ करोड बजेटको सिलिङ प्रस्ताव गरिएको छ ।
असार ९ गतेको कार्यपालिका बैठक र १० गतेको बैठकमा वडाको सिलिङ बजेटलाई सुत्र अनुसार बाढफाड गरिएको थियो । तर सुत्र अनुसार नगरिमानोमानी गरिएको १५ नं. वडाका अध्यक्ष नरेश इवारमले जानकारी दिए ।

खास गरि असार १० गतेको सहमति अनुसार बजेट नपठाउदा बजेट कटौतीमा परेका वडाहरु असन्तुष्ट भएको उनको भनाई छ । वडा नं १५ का अध्यक्ष नरेश इवारमले १७, १५, १० र ४ नम्बर वडालाई धेरै मर्का परेको उनको गुनासो छ । बताए । असार १० गतेको सहमति अनुसार जुन सिद्धान्त र नीति अनुसार बजेट बाढफाड गरिएको थियो त्यही अनुसार हुनुपर्ने वडाअध्यक्षहरुको माग रहेको अध्यक्ष इवारमलेबताए । १५ नं वडामा त ११ प्रतिशतले फरक परेको उनले सुनाए । अन्य वडामा ३ देखि ७ प्रतिशत घटेको छ ।

 

 असार १० गतेकाे बैठकमा छलफल भएकाे बजेट विवरण

budget

वडा पठाइएकाे बजेट 

वडा नं १ ७६ लाख ४४ हजार ५ सय ७०
वडा नं २ ६५ लाख ४२ हजार ३ सय ११
वडा नं ३ ६६ लाख ४२ हजार ६ सय ४४
वडा नं ४ १ करोड १३ लाख ४५ हजार ८ सय २६
वडा नं ५ १ करोड २६ लाख ९८ हजार १ सय २६
वडा नं ६ १ करोड २० लाख ४० हजार ९ सय ४८
वडा नं ७ ६२ लाख १० हजार २ सय ९८
वडा नं ८ १ करोड ४४ लाख ९८ हजार ३ सय ६०
वडा नं ९ ७१ लाख १० हजार ८ सय ४०
वडा नं १० ७८ लाख ६२ हजार २ सय ११
वडा नं ११ १ करोड ४३ लाख १ हजार ९ सय ४५
वडा नं १२ ७४ लाख ६१ हजार ३ सय ५१
वडा नं १३ १ करोड १६ लाख ७१ हजार ३ सय ७१
वडा नं १४ ८३ लाख २३ हजार ९ सय ३०
वडा नं १५ २ करोड १४ लाख ३२ हजार ८ सय १३
वडा नं १६ १ करोड २५ लाख ६७ हजार ८ सय १३
वडा नं १७स्( १ करोड ८५ लाख ५१ हजार ३ सय ३७
वडा नं १८ ८० लाख ३६ हजार ५ सय ३९
वडा नं १९ १ करोड ११ लाख ५७ हजार ३ सय २७
वडा नं २० १ करोड ३८ लाख ९८ हजार ९ सय २८