ब्लाष्टखबर । नेकपा भित्रकाे चुलिदाे विवाद सामाधानकालागी आज दुई अध्यक्ष विच छलफल हुँदैछ । पछिल्लाे समय प्रचण्ड –नेपाल पक्षका नेताहरूले आलीबाट देश र पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै दुवै पदबाट जसरीपनि राजिनामा गराउने मनसाय बनाएपछि ओलीली पक्ष  दवावकै भरमा नछाड्न पछमा रहेका थिए । विहिबार नेकपा स्थाइ कमिटि बैठकमा अगाबै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बाेलाएका थिए । बैठकले बजेट अधिवेशनको अन्त्य गर्ने  निर्णय गरेकाे थियाे । 

सरकारले अधिवेशन अन्त्य गरेर पार्टी पुटाउन सक्ने गरी अध्यादेश ल्याउनसक्ने चर्चा गरीएकाे थियाे ।  बजेट अधिवेशनको अन्त्य गर्ने  निर्णय पछि बसेकाे स्थाइ कमिटिकाे बैठक ले एक दिन दुई अध्यक्ष विच छलफलकाे साय निकाल्दै शनिबार ११ बजे सम्मकालागी स्थगित गरेरकाे थियाे । साेहि अनुरूप आज प्रचण्ड छलफलका लागी प्रधान मन्त्री निवास बालुवाटनर पुगेका हुन् ।  पछिल्लो चरणमा दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ ।

निर्वाचन आयाेगमा एमाले नामकाे पार्टी दर्ता हुनु र सरकारले बजेट अधिवेशनको अन्त्य गर्नुले ओलीले पार्टी विभाजनकाे अध्यादेश ल्याउन सहज वातावरण तयार गरेकाे  हुनसक्ने आशंका गरिएकाे भएपनि प्रधानमन्त्री ओलीले अन्तिम समयमा आलोपालोमा सहमति जनाउने सम्भावना रहेको सूत्रहरुको दाबी छ । नेकपामा दोस्रो तहका नेताहरु पनि विवाद सुल्झाउ छुट्टै भेलाकाेमा जुटेका छन्  ।