कोरोना संक्रमण देखिएपछि कानेपोखरीमा लकडाउन

alt
  • असार १९, २०७७
  • ब्लाष्ट खबर

  • दिनेश सुब्बा

पथरी  / मलेसियाबाट आएका एकजना युवामा कोरोना संक्रमण देखिएपछि कानेपोखरीस्थित स्थानीय सरकारले फेरी लकडाउनको घोषणा गरेको छ ।
शुक्रबार विहानदेखि लागु हुने गरी गाउँपालिकाले विहिबार लकडाउनको निर्णय गरेको हो । गाउँपालिकाले लकडाउनको बारेमा विहिबार माइकिङ् मार्फत उद्योगी, व्यापारी र स्थानीयहरुमा सूचना जारी गरेका थिए । गाउँपालिकाले २१ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गरी औषधि, खाद्यान्न, मलखाद जस्ता पसलहरु मात्र भने खुल्ला रहने छ ।

संक्रमित एरियामा भने १४ दिन लकडाउन गरिएको स्वास्थ संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए । ८ दिन अघि मलेसियाबाट काठ्माडौं हुर्दै घर आउँदा कानेपोखरी चोकबाट ट्याम्पा मार्फत संक्रमित युवाको आमाले घर ल्याएका थिए । घर गएको थाहाँ पाउने वितिकै गाउँपालिकाले क्वारेन्टाइनमा ल्याएर राखेका थिए । पिसिआर रिपोर्टमा युवाको पोजेटिभ आएपछि आमा र ट्याम्पो चालकलाई अहिले जनसेवाको क्वारेन्टाइनमा राखिएको छ । उनिहरु र संक्रमित युवासंगै बसेका दुईजनाको पिसिआर टेष्ट शुक्रबार हुँर्दै छ । उनिहरुमा रिपोर्ट नेगेटिभ आएमा लकडाउन खुल्ने र पोजेटिभ आएमा लम्बिने गाउँपालिकाले जनाएको छ ।

संक्रमति युवाको मलेसियाबाट नेपाल आउनु अघि पिसिआर टेष्ट गरिएको थियो । पिसिआर रिपोर्टमा नेगेटिभ आएको रिपोर्ट उनीसँग भएको जनसेवा क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए । जनसेवा क्वारेन्टाइनबाट पिसिआर रिपोर्टमा नेगेटिभ आएका विभिन्न देशबाट आएका लगभग ७० जना घर फर्किसकेका छन् ।

 

 

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved