मधुमल्ला / संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान मञ्च नेपाल मिक्लाजुङले मोरङको मिक्लाजुङ गाउँपालिकालाई बिभन्न पाँच सुत्रिय माघ राख्दै १५ दिने अल्टीमेटम सहित ज्ञापनपत्र बुझाएको छ ।

संघिय लिम्बुवान मञ्च नेपालले राष्ट्रपती चुरे क्षेत्रलाई आएको दुई करोड रकममा अनियमितात भएको, कोइली र नमुना समुदायीक वन क्षेत्रबाट ढुङुगा गिट्ट बलुवा निकासी गरी काहाँ र किन लगिएको । कृषी अनुदान तथा विभिन्न साहायता रकमहरु पालिका र वडा बाट केका आधारमा बाँडफाँड गरिन्छ प्रष्ट पार्न । यस पालिकाका सबै विद्यालयमा यस बर्ष बाट जनजाती भाषको अनिवार्य पठन पाठन गर्न ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्यासामाधन केकती व्यवस्थित गरिएको छ सो प्रष्ट पार्न माग सहित बुधबार मिक्लाजुङ गाउँपािलका अध्यक्ष देवी प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाएको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान मञ्च नेपाल मिक्लजुङका अध्यक्ष ओम चेम्जोङ लिम्बुले बताए ।

ज्ञापनपत्रमा लेखीएका कुराहरु १५ दिन भित्रमा यार्थाथ जानकारी दिन र  नदिए संगठन आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।

limbuwan-gapan-patra