ब्लाष्टखबर । नेकपाकाे स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा माग गरेसंगै प्रधानमन्त्री ओलीकाे सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएकाे छ ।

प्रदर्शनकारीहरूले अहिले सरकार परिर्वतन गर्न उपर्युक्त समय नभएकाे बताउँदै प्रदर्शनमा निस्किएका छन् । उनीहरूले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

नेकपा आन्तरिक किचलो बढिरहेको बेला नेकपा निकटका युवाहरूले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका हुन् । युवाहरूले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै समर्थनमा जुलुस निकालेका बताएका छन्  ।