ब्लाष्टखबर । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको छ ।

अघिल्लो आइतबार मुटुको तीनवटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिए उनकाे  निधनको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । 

बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ उनि २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्  । हाल प्रतिनिधिसभामा समानुपातिक सांसद हुन्।