कालाबन्जर ।  बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षद्वारा नेपाल कम्युनिष्ट पार्टीबाट राजिनामा दिने घाेषणा पत्र सार्वजनिक गरेकाे छ ।

बराहक्षेत्र नगर सचिवालय सदस्य रहेका वडा अध्यक्ष राजु अधिकारीले  पार्टी संयन्त्र जान पाउने अधिकारलाइ बञ्चित गराएकाे भन्दै उनले नगर कमिटि, नगर सचिवालय सदस्य तथा नेकपा बाटै राजिनामा दिएकाे घाेषणा पत्र सार्वजनिक गरेका छन् । 

पत्रमा उनले पार्टी अध्यक्ष, नगर प्रमुख र पार्टी ईन्चार्ज लगायतले वरियताक्रम विपरीत संयुक्त छलफलबाट विधान मिचि काम गरेको र पटक पटक जानकारी गराउदा पनि कुनै सुनवाइ नभएको प्रति गम्भीर आपत्ति जनाउदै राजिनामा दिएकाे उल्लेख गरेका छन् ।

अध्यक्षले असार १० गते नगरसभा बहिस्कार गरेकाे थिए । बहिस्कार गर्दा समेत उताबाट कुनै सुनवाइ नआएकोले पदबाट राजिनामा दिएकाे अधिकारीले बताए ।

नगरप्रमुखमा हुनु पर्ने क्षमता नभएकाे र नगरपालिका  भित्र एकलाैट्टी राणा शासन जस्ताे कार्यपालिका चलाएकाे भन्दै अधिकारीले नगर भित्र धेरै अनियमितता भएकाे बताएका छन् । उनले नगरपालिकाले सार्वजनिक गरेकाे काेराेना भाइरसकाे प्रकाेप व्यावस्थापन तथा राहत काेषकाे अाय व्यय कागजि रूपमा मात्र भएकाे बताएका छन् । 

उनले भने 'क्वारेन्टाइन बस्नेहरूकाे राम्रोसंग हेरचाह छैन । बराहक्षेत्रमा क्वारेन्टाइन बस्नेहरुले हामी यहाँ शुरक्षित छैन हामीलाई यहाँ झन राेग लाग्ने सक्का छ,  नत बस्ने ठाउँ राम्रो छ, नत खाना हामी कसरी शुरक्षित हुन सक्छौ भनेर मलाई जन गुनासाे अाइरहेकाे छ । '

काेराेना प्रकोप व्यवस्थापन राहत कोषको आय व्ययको बिबरण कुल जम्मा भएको रकम १ करोड ८३ लाख १३ हजार ६ सय ६८, राहत बितरण तर्फको खर्च १ करोड ६ लाख ८० हजार २ सय १९, क्वारान्टाईन व्यवस्थापन तर्फ खर्च २८ लाख ८८ हजार ३९, प्रकोप व्यवस्थापन कोषमा मौज्दात ४७ लाख ४५ हजार ४ सय १० नगरले सार्वजनिक गरेकाे बताउदै अधिकारी भन्छन् ' नगरमा कराेडाैंकाे घाेटला भएकाे छ । यहाँ विकासका नाममा खाेला बगाएर गाेजि भरिएकाे छ । राहत वितरण पनि सहि तरीकाले भएकाे छैन ।  '

नेपाल कम्युनिस्ट पार्टी नगर इन्चार्ज कमल कट्वालकाे भनाइ अनुसार राजिनामा पत्र आधिकारिक रुपमा पार्टी कार्यलयमा नआएकाले यस्मा कुनै पनि बहस गर्न नमिल्ने बताएका छन् । कट्वालले पार्टी आन्तरिक छलफल बेला बेलामा भैरहेकाे जानकारी पनि गराएका छन् । 

नगर प्रमुख निमल खनालले भने छलफलमा कुनैपनि समस्या नदेखाएकाे तर  नगरसभमा  उपस्थित नभइ फेसबुकबाट नगरसभा बहिस्कार गरेकाे सार्वजनिक गरेकाे जनाएका छन् । उनले भने ' हामीले नगरसभा हुनु एक दिन अगाडि संगै बसेर सल्लाह परामर्स लिएको नै हाे । त्यति खेर केही समस्या नभएको भन्ने र नगर सभामा पनि उपस्थित नहुने अनि बाहिर बाहिरी व्याइयात कुरा गरेर फेसबुकबाट नगरसभा बहिस्कार गरेकाे सार्वजनिक गरेर हुन्छ कि, नगर सभामा आउने हाे हामीलाई पत्र दिने हाे ? '

नगर प्रमुख खनालले अाफूहरूसंग कुनैपनि प्रकारकाे बहिस्कार र राजिनामाकाे पत्र आधिकारिक रुपमा नआएकोले केही थाँहा नभएको बताएका छन् ।