उर्लावारी / उर्लाबारी–९ मा कृषी कार्यका लागि आएका एक ट्याक्टर चालकले स्थानीय २९ बर्षीय महिलालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही मुर्कौली–७ घर स्थायी घर भएका ३५ बर्षीय शुनिल महत्तोलाई उर्लाबारी–९ स्थित अमलीटोल बस्ने एक महिलालाई जवरजस्ती यौनजन्य क्रियाकलाप गरेको आरोपमा बिहीबार पक्राउ गरिएको हो ।
महिलाको जाहेरीको आधारमा महतोलाई कारवाही प्रक्रिया अगाडी इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले जानकारी दिए ।

महत्तोले सो क्षेत्रमा केही दिनदेखि कृषी उत्पादनको लागि ट्याक्टर प्रयोग गर्दै आएका र बुधबार साझँमा महिलालाई पनि खेत जोत्ने स्थान देखाउन बोलाएर यौनजन्य कार्य गरेको अनुसन्धानबाट खुलेको छ ।