धरान । नौ वर्षीया नाबालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा धरान–१५ का एक युवा पक्राउ परेका छन् ।

धरान–१५ का ३० वर्षीय नगेन्द्र बराइलीलाई पीडिताको आमाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बराइलीमाथि बाल यौन दुरुपयोगको मुद्दामा कारबाही अगाडि बढाइएको छ । जिल्ला अदालतमा ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनलाई बिहीबार पक्राउ गरिएको हो ।