धरान । लागूऔषधसहित सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी चोकबाट प्रहरीले मिथुनकुमार यादवलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सीमा प्रहरी चौकी भण्टाबारीको संयुक्त टोलीले यादवलाई फेनारगन ४१, डाइजेल्याब ३९, लुपिजेसिक ४० एम्पुल, नाइट्रोसन १०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन १४४ क्याप्सुल बरामद गरेको हो । उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।