उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा आउनुभएको एसपी भिमबहादुर दाहालले लागुऔषध, अपाराध, कालाबजारी, चोरीनिकासी, हिंसा लगायतका कुरामा सुन्य सहनसिलता अपनाउने बताएका छन् ।

कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै जिल्लाको मुख्य समस्याको रुपमा रहेको लागू औषध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने आजको पत्रकार भेटभाटमा एसपी दाहालले बताएका हुन् ।

शान्ति, सुरक्षाको हिसावले तराई जिल्लाहरु भन्दा कम संवेदनशिल नरहेको भएपनि लागूऔषध पहिलो समस्या र घरेलु हिंसा, आपराधिक गतिविधि, चोरीतस्करी जस्ता समस्याहरु रहेकाले सुन्य सहनसिलता अपनाइ कारवाही अगाडी बढाउने एसपी दाहालले बताए । साथै गुण्डागर्दी हुन नदिने पनि उनले बताए ।

कोरोनाको कारण लकडाउनले थुप्रै समस्याहरु जन्मिएको र नागरिकको समस्यालाई मध्ये नजर गर्दै सरकारले नयाँ मोडलमा लकडाउनलाई ढालेपनि सरकारले अपेक्षा गरे अनुरुपको ब्यवहारमा देखिएको छैन । जसले कोरोनाको जोखिम बढिरहेको एसपी दाहालले बताए । विशेष र प्रभावकारी सुरक्षा रणनीतिका साथ लागी पर्ने उनले बताए ।

तत्काल उद्योग वाणिज्य संघसँग समन्वय गरी जिल्ला भरीका पसलहरुमा रजिस्टरमा ग्राहकको नाम, सम्पर्क र ठेगाना लेख्न काम थालनी गरिएको एसपी दाहालले बताए ।

कुनै पनि बाहानामा प्रहरीले नागरिकलाई दुःख दिन नमिल्ने र आफ्नो कार्यकालमा त्यस्तो हुन नदिने एसपी दाहालले बताए । प्रहरीको नाम लिएर मुद्दा मामिला मिलाइदिन्छु भन्ने र दलाली विचौलीया गर्ने विरुद्ध प्रहरी कडाइका साथ लाग्ने र आफ्ना सबै डिपार्टमा यस किसिमको निर्देशनसमेत दिइसकेको उनले बताए ।

लागूऔषध एक किसिमको रोग नै भएकाले त्यसको उपचारको जरुरी रहेको भन्दै धरानमा प्रहरीको सञ्चालन रहेको सुधारकेन्द्रको प्रयोग पनि गरिने एसपी दाहालले बताए । केही समयमै नयाँ नेतृत्वको अभ्यास र प्रयासको प्रभाव देख्न सकिन्छ । त्यसका लागि सबैक्षेत्रलाई सहयोगको अनुरोध पनि उनले गरेका छन् । यो महामारीको बेला अत्यावश्यक काम बाहेकमा बाहिर ननिस्कन विशेष आग्रह गरे ।