ब्लाष्टखबर । मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।