विराटनगर । उदयपुरको बेलका नगरपालिका-२ घर भई विराटनगर–३ मा डेरा गरी बस्ने २४ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा प्रेमी पक्राउ परेका छन् ।

मोरङ प्रहरीले आत्महत्या गराउन बाध्य बनाएको आरोपमा प्रेमी सुन्दरहरैचा नगरपालिका– १० का २५ वर्षीय सविन पराजुलीलाई पक्राउ गरेको हो ।

श्वेताले असार ७ गते साँझ डेरामा आत्महत्या गरेकी थिइन् । श्वेताले अर्काे केटासँग विहे गर्ने तयारी गरेकाे थाहा पाएपछि सविनले श्वेतासँग बिताएका विगतका तस्बिर सार्वजनिक गरेका कारण आत्महत्याकाे बाटाे राेजेकाे परिवारकाे आराेप छ । साेही आराेपमा उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे हाे ।