दमक/नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औ स्थापना दिवसका अवसरमा दमकमा रक्तदान साथै सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
संगठनका केन्द्रिय सचिव तथा प्रदेश नं १ का इन्चार्ज देवी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक जना मजदुर र एक जना पत्रकारलाई सम्मान गरिएको छ । सम्मानीत हुनेमा सवारी चालक नगेन्द्र धिमाल र ब्लाष्ट टाइम्स दैनिकका दमक संवादाता भूमिराज पराजुलीलाई सम्मान गरिएको हो । चण्डी प्रसाद– टिकामाया रेग्मि पहिलो इमान्दारी चालक पुरस्कारद्धारा धिमाललाई सम्मान गरिएको थियो भने सोहि पुुरस्कारको पहिलो पत्रकारित पुरस्कार ब्लाष्टकर्मी पराजुलीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि नेकपा दमकका अध्यक्ष बोधप्रसाद घिमिरे, पुरस्कार स्थापना गर्ने चण्डिप्रसाद –टिकामाया रेग्मि लगायत मजदुर नेताहरुको उपस्थित रहेको थियो । संगठनका दमक नगर कमिटी अध्यक्ष मदन खड्काकाले सञ्चालन गरेको कार्यक्रममा २६ पेइन्ट रगत संंकलन भएको थियो ।