ब्लाष्टखबर । वैवाहिक अङ्गीकृत नागरिकता विषयमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले गरेकाे निर्णयकालाई गलत प्रचार गरेकाे भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वेदुराम भुसालले आक्राेश पाेखेका छन् ।

प्रतिपक्षी नेपाली काँग्रेसका सांसद जीतेन्द्रनारायण देवले आज बसेकाे राष्ट्रियसभाको बैकठमा अङ्गीकृत नागरिकताका सम्बन्धमा नेकपाले अगाडि सारेको प्रस्तावले राजनीतिक दुर्घटना निम्त्याउने भनेपछि नेकपाका वेदुराम भुसालले आपत्ति जनाएका हुन् ।

सांसद देव नेपाल–भारतको सांस्कृतिक सम्बन्ध अप्ठ्यारो पार्ने, आन्दोलनको आँधीबेहरी आउने  भनेपछि भुसालले जवाफ दिदै भने, ‘केका निम्ति दुर्घटना निम्त्याउने भनेर प्रचार गर्नुपर्‍यो, स्वतन्त्र कानून बनाउँदा किन मुठभेट गर्नुपर्‍यो ? मुठभेट हुन्छ भनेर कसलाई भन्न खोजिएको हो ?” उनले नेपालले नागरिकताका विषयमा स्वतन्त्र ढङ्गले कानून बनाउन खोज्दा किन अनावश्यक लाञ्छना लगाउन खोजिएको हो ? भन्ने प्रश्न गरेका थिए ।

भुसालले नेपालले कुनै कानून स्वतन्त्र ढङ्गले निर्माण गर्न नपाउने हो वा नेपाली भन्नेले नै अनावश्यक प्रचार गरिएको हो भन्दै उनले गलत हल्लाको पछाडि नलाग्न आग्रह पनि गरेका छन्।