भद्रपुर/ प्रहरीले २८ ग्राम ९७ मिलिग्राम ब्राउनसुगरसहित झापामा तीन जनालाई पक्राउ गरेको छ ।

कमल गाउँपालिका ५ स्थित पाडाजुंगी गौरीगन्ज सडकखण्डबाट उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा कमल गाउँपालिका ५ का २० वर्षीय दीपेश थापा, झापा गाउँपालिका ४ का २१ वर्षीय सेराज अली र सोही ठाउँका २३ वर्षीय अनन्तप्रसाद गणेश रहेको थापाले जनाए ।

मे ११ प ६५४६ र बा ४४ प ९७८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको प्रहरीको भनाइ छ । काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बेलुका उनीहरूलाई पक्राउ गरेको डिएसपी थापाले बताए ।

उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएको २८ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । थप अनुसन्धानका तीनैजनालाई लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।