सुनसरी / सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्री सडक खण्डबाट गत शुक्रबार लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार राज्य सुपौल ग्राम पंचायत फत्तेहपुर– १ का २० बर्षीय लक्ष्मणकुमार पासवान र सोहि स्थान वस्ने १९ बर्षीय अर्जुनकुमार पासवानलाई ब्राउनसुगर ८ ग्राम ५८० मिलि ग्राम र भारतीय नगद दुई सयको थान १, एक सयको थान १०, वीसको थान २ र दश को थान १ गरी जम्मा १२५०सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिएका छन् ।
लक्ष्मणकुमार पासवानको भारतीय आधार कार्ड, श्री राजकीय उच्च विद्यालय विरपुर सुपौलको परिचय पत्र, एसविआई बैंकको डेविट कार्ड, आयकर विभागिय कार्ड, पंजाव नेशनल बैंकको कार्ड र भरतीय सीम कार्डसहित पक्राउ गरिएको उनल ेजानकारी दिए ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम मुद्वा दर्ता गरी जिल्ला अदालन सुनसरीबाट आज पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।