धरान । नेपाल परिवार दल सुनसरीले धरान–१४ का अतिविपन्न २० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

प्रतिपरिवार २५ केजीका दरले चालम वितरण गरेको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सचिव रामबहादुर लिम्बूले जानकारी दिए । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउन र त्यसबाट सृजित समस्याका कारण दैनिक जीविकोपार्जनमा समस्या भएपछि चामल प्रदान गरिएको जिल्ला अध्यक्ष पुस्कर थापाले जानकारी दिए ।

र्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, पार्टीका जिल्ला सचिव लक्ष्मण कार्कीलगायतको उपस्थितिमा सामग्री सहयोग गरिएको हो । उनीहरूको घरघरमै पुगेर चामल वितरण गरिएको राहत वितरण कार्यक्रमका संयोजक रवीन चाम्लिङले जानकारी दिए ।