विराटनगर । विराटनगरका अडिटर प्रवल घिमिरेको मृत्यु पानीमा डुबेका कारणले भएको प्रहरीले निश्कर्ष निकालेको छ ।
मोरङ प्रहरीले हालै सार्वजनिक गरेको निश्कर्षमा पानीमा डुबेका कारण निसासिएर मृत्यु भएको उल्लेख छ । प्रवलको गत माघ ७ गते बिहान विराटनगर–२ स्थित सिङ्घीया खोलामा मृत अवस्थामा फेला परेका थिए । हत्या आशंकामा प्रहरीले लामो समयसम्म अनुसन्धान गरेको थियो ।
घटना भएको झण्डै ५ महिनापछि अत्यधिक मादक पदार्थ सेवन गरी खोलामा डुबेर मृत्यु भएको प्रहरीले फाइनल निश्कर्ष निकालेको हो । उनीसँग उठबस गरेका र ड्युटीमा खटिएका प्रहरी र सबै घटनाक्रमलाई सूक्ष्म अनुसन्धान गर्दा घटनामा कसैको संलग्नता नदेखिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।