लक्ष्मीमार्ग/नेपाली कांग्रेस  निकट युवा संगठन नेपाल तरुण दल मोरंङका उपाध्यक्ष खेम थापाको अगुवाइमा मोरंङको १७ वटै स्थानीय तहहरूमा दश हजार माक्स वितरण भइरहेको छ ।

कोरोना भाइरसको महामारीको संक्रमणबाट जोगिदै सामाजिक कार्यमा लाग्न युवा साथीहरूलाई सहयोग पुगोस् भनेर जिल्लाका १७ वटै स्थानीय तहहरूमा दश हजार माक्स वितरण अभियान चलाएको बताए । महामारीबाट जोगिन सबैले माक्स, सेनिटाइजर प्रयोग गर्नुपर्ने युवा नेता खेम थापाले बताए । हालसस्म ८ वटा स्थानीय तहमा माक्स वितरण गरिसकिएको र ९ वटा स्थानीय तहमा वितरण गर्न बाँकी रहेको थापाले बताए ।