उर्लाबारी । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा मोरङको उर्लाबारी मंगलबारेस्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरेको विरुद्धमा दलसम्मिलत संयुक्त संघर्ष समितिले आजबाट अनसन सुरु गरेका छन् ।

समितिले आइतबारबाट अनिश्चिकालीन रिले अनसन सुरु गरेका हुन् । मंगलबारे अस्पतालको गेट अगाडि नै अनसन बसेका हुन् । हिजो उर्लाबारीमा मोटरसाइकल ¥याली निकालिएको थियो । प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा मंगलबारे अस्पतालको नाम फेरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणाविरुद्ध नागरिक आन्दोलित बनेका छन् ।

आन्दोलनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मञ्चसम्वद्ध संघीय लिम्बुवान पार्टी नेपाल र मंगलबारेका युवा समूहहरू सहभागी छन् । हिजोको मोटरसाइकल ¥यालीमा पनि समितिले दोस्रो चरणको आन्दोलन अन्र्तगत मोटरसाइकल ¥याली निकालेको सचिव मात्रिका धिमालले बताए । उनले आजबाट दलसहित स्थानीयहरू मिलेर अनिश्चितकालीन रिले अनसन सुरु गरिएको बताए ।

मोटरसाइकल ¥यालीमा राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, जनता समावादी पार्टीका केन्द्रीय सदस्य बाङ्गाई धिमाल र राप्रपाका प्रदेश सदस्य बिनोद पाख्रेलले दुर्गापुरी बतार एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बा, मञ्च सम्वद्ध संघीय लिम्बुवान पार्टी नेपालका उपमहासचिव दिलकुमार लावती र नेपाली कांग्रेसका नगर सभापति वीरबल थापा पनि ¥यालीमा सम्बद्ध हुँदै प्रदेश सरकारले ल्याएको नामलाई स्वीकार नगर्ने बताए । उनीहरूले साविक नाम नै यथावत हुनुपर्ने बताए ।

प्रदेश सरकारले अस्पताल स्तरोन्नतिको नाममा नाम नै फेरबदल गरेपछि सत्तारुढ दल नेकपाबाहेका अन्य राजनीतिक दलहरू आन्दोलित बनेका छन् । जेठ २६ गते देखि ज्ञापन–पत्र, विरोध ¥याली, नारा जुलुस, हस्ताक्षर अभियान, मसाल जुलुससहितका पहिलो चरणको विरोधका कार्यक्रम सम्पन्न गरेको थियो भने दोस्रो चरणको आन्दोलन थालेको हो । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रियसभामा समेत मंगलबारे अस्पतालको विषय उठान गरेका थिए ।