विराटनगर/ मोरङ प्रहरीले एक वर्षमा जघन्य प्रकृतिका आधा दर्जन बढी घटनाहरूको सफल अनुसन्धान गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको एक वर्षको कार्यकालमा मोरङमा घटेका भारतीय साफसुटरले विराटनगरका व्यापारीको हत्या गर्ने योजना बिफल पार्ने देखि प्रेमिबाट प्रेमिकाको हत्याको घटनासम्म सफल अनुसन्धान गरेका हुन् ।

मोरङ प्रहरीको १३ महिना नेतृत्व सम्हालेका एसपी अधिकारी अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल दरिएका छन् । बौद्धिक प्रहरी अधिकृत भनेर चिनिने अधिकारी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँनयाँ अभियानको सिर्जना गर्ने क्षमता राख्छन् । मोरङबाट विदाई भएर जान लागेका एसपी अधिकारीले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना कार्यकालमा भएका महत्वपूर्ण उपलब्धी र कामहरुको जानकारी दिए । उनले अनुसन्धान जारी रहेका घटना र अनुसन्धान टुँगिएका विभिन्न अपराधका फेहरिस्त प्रस्तुत गरे ।

विराटनगरमा खाद्यायको कारोबार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्ने योजना प्रहरीले बिफल बनाइ दिएको छ । हत्या गर्ने योजनाले भारत सीतामणी ग्रामपञ्चायतका २२ वर्षिय कुनाल कुमार सिंहलाई पक्राउ गरेपछि योजना असफल भएको थियो । प्रहरीले पक्राउ गरेका रौनियार र सिंह भारतीय सापसुटर हुन् । प्रहरीले सिंहलाई गत वर्षको २७ जेठमा २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित होटलबाट पक्राउ गरेको थियो ।

अर्का सापसुटर रौनियार भने फरार छन् । भारतीय सापसुटर प्रयोग गरि व्यापारी रायको हत्या गराउन लगाउने मुख्य नाइके विराटनगरका मन्नु कुमार गुप्ता रहेका थिए । हत्याको योजना बनाए सापसुटर पठाउने सर्लाही गौढैचा नगरपालिका – १ का ५० वर्षिय हरीनारयण झालाई पनि प्रहरीले सर्लाहीबाट गत वर्षको असार ३ गते पक्राउ गरेको थियो । उक्त घटनामा पाँच जनाको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

यसैगरि दुहबी नगरपालिका – ६ की ३२ वर्षिय सम्झना खत्री परियारको हत्या उनकी प्रेमीले गत माघ १४ गते प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सप्तरी कृष्णश्रवण गाउँपालिका– ३ घर भइ हाल मोरङको बुढीगंगा गपा ३ पोठियामा डेरा गरि बस्ने २५ वर्षिय सुरेन्द्र प्रसाद साहले हत्या गरेका थिए । साहले सम्झनाको हत्या विराटनगर – १२ को उखुबारीमा गरेका थिए । यसैगरि आफ्नै बुवासंग अपहरणको नाटक गरी फिरौती लिने छोरा मुकेश कुमार महतोलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै माघमा आफ्नो प्रेमीसंग मिली श्रीमानको हत्या गर्ने दयावती सरदार, बद्री सरदार र विकास सरदार पक्राउ गरेको थियो ।

यस्तै परपुरूषसँगको अवैध सम्बन्ध लुकाउन श्रीमानको हत्या गरेपछि प्रेमिसँग मिलेर व्यवसाय संचालन गर्ने उद्देश्यले मिना दुलाल श्रेष्ठको योजना अनुसार विराटनगरका औषधि व्यवसायी ३३ वर्षिय देवीप्रसाद दुलालको जेठ ३ गते हत्या गरेका थिए । प्रहरीले दुलालको श्रीमिति ३३ वर्षिय मिनाले प्रेमि सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा डेरा गरि बस्ने २१ वर्षिय ब्रहमदेव साह र इटहरी ११ खनारका २१ वर्षिय सोनुकुमार साहको संलग्नतामा हत्या गरेको खुलेको थियो । पक्राउ परेका तीनै जना अभियुक्त पुर्पक्षको लागि थुनामा छन् ।

अपराधमा कमी
अपराध नियन्त्रणमा मोरङमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा १६.३५ प्रतिशतले अपराध घटेको मोरङ प्रमहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । गत बर्षको १ हजार ६ सय ९४ मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षमा १ हजार ४ सय १७ मुद्दा दर्ता भएको प्रहरीको अभिलेखमा उल्लेखछ । गत बर्षको तुलनामा चालु आर्थिक वर्षमा जवरजस्ती करणीमा पक्राउ पर्नेको संख्यामा कमि आएको छ । गत वर्ष जजक मुद्दामा ९७ जना पक्राउ परेका थिए भने चालु आवमा ७२ जना पक्राउ परेका छन् । यस्तै चालु अवमा अभद्र व्यवहारमा ४ सय ४०, चोरीमा ८४, लागु औषधमा १ सय ७३, कर्तव्य ज्यानमा १७, ठगीमा १९ जना पक्राउ परेका छन् । यस अवधिमा बिभिन्न मुद्दामा १ हजार २ सय ५९ जना पुरुष र ९१ जना महिलालाई पक्राउ गरी मुद्दा दायर गरिएको मोरङ प्रहरीले जनाएको छ ।

फरार अभियुक्त पक्राउ गर्न अगाडी
अदालतबाट कैद र जरिवानाको सजायको फैसला भई फरार रहेका प्रतिवादी पक्राउमा देशभरीमा मोरङ प्रहरी पहिलो रहेको छ । आर्थिक बर्षदेखि चालु आवको असारसम्म देश भरीमा २ हजार २३ जना फरार फक्राउ परेका मध्ये मोरङले मात्र ४ सय ४९ जना पक्राउ गरी अदालतमा दाखिला गरेको छ । देशभरीका ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा यो संख्या २२.१९५ प्रतिशत हो । ४ महिनामा ४ सय ४९ जना पक्राउ गरी १ सय १२ बर्ष २ महिना १६ दिन कैद र ४१ लाख ७८ हजार ९ सय ९६ रुपैयाँ जरिवना असुल गरिएको छ ।

चोरी, तस्करी, गुण्डागर्दी नियन्त्रणका लागि मोरङ प्रहरीले चलाएको बिशेष स्वीप अपरेशनमा ३ हजार २ सय ८८ जनालाई नियन्त्रणमा लिई स्क्रिनिङ गरिएको एसपी अधिकारीले जानकारी दिए । एक वर्षमा प्रहरीले प्रतिबन्धित विप्लव समूहका कमेची कोशी ब्यूरो संयोजकसहित २१ जनालाई पक्राउ गरि मुद्दा चलाएको छ । प्रहरीले यस अवधिमा अवैध हातहतियार तथा खरखजाना अटोम्याटिक पेस्तोल ५ थान, कटुवा पेस्तोल ५ थान, भरुवा बन्दुक ८ थान, म्यागजिन ६ थान, गोली २६ राउण्ड, निकोजेल जिलेटिन ४३ थान बारुद बरामद गरेको छ ।

मोरङ प्रहरीले ५ करोड ४४ लाख २६ हजार ९ सय ९६ रुपैयाँ राजश्व र जरिवाना असूली गरेको छ । यस्तै अवैध उत्खननमा संलग्न १ सय ४१ वटा ट्राक्टर, २४ वटा टिपर, ५ वटा जेसिभि कारवाहीमा गरेको छ ।

अधिकारी गए खड्का आउँदै
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको सरुवा भएका छन् । उनको प्रहरी प्रधान कार्यलय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्साल, काठमाडौमा सरुवा भएका हुन् ।
सोमबारदेखि मोरङमा नयाँ प्रहरी प्रमुखको रुपमा संतोष खड्का आउने भएका छन् । खड्का यसअघि प्रहरी प्रधान कार्यलय विषेश ब्युरो नक्सालमा रहेका थिए ।