धनकुटा / धनकुटाको पाख्रीबासमा दुई जना मृत अवस्थामा फेला परेका छन । पाख्रीबास नपा वडा नं. ८ मुगा अग्राखेकी १३ बर्र्षीय बालिका र फारम नजिकै मुगा खोलाकी २७ बर्र्षीय महिलाको शव फेला परेको हो ।

पाख्रीवास नगरपालिकाको वडा नं.८ मुगास्थित अग्राखेका तेजबहादुर भट्टराईकी १३ वर्षीय नेत्रकुमारी भट्टराईले आफ्नै घरबाट करिव ५ मिनेट नजिक रहेको सालको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी बुधबार साँझदेखी वेपत्ता भएकी थिइन । उनको खोजी गर्दै जाँदा बिहीबार झुण्डिएको अवस्थामा भेटिएको थियो । उनी श्रीराम उच्च माविमा कक्षा ९ मा पढ्दै थिइन ।

अघिल्लो वर्ष पनि उनले विषादी सेवन गरेकी थिइन । बुधबार भने घरका परिवारसँग खाजा किन नराखिएको भनेर रिसाएकी र सोही विषयमा उनले आत्महत्या गरेको हुनसक्ने परिवारिक श्रोतलाई जनाएको छ ।

यता पाख्रीवास नगरपालिका वडा नं. ३ मुगाखोलाकी २७ बर्षीय मनिसा कटुवालको पनि आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको छ । सलको पासो लगाएर झुण्डिएको अवस्थामा शव फेलापरेको जेठाजु अनिस कट्वालले बताएका छन । दुवै घट्नाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । दुबै जनाको जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तले शुक्रवार सनाखत गरिसकेका छन् ।