• गणेश कुमार ठाकुर

सिरहा /इलाका प्रहरी कार्यालय मिर्चैयाले भारी परिमाणमा प्रक्रिया नपु¥याई ल्याएको सखुवाको चिरान काठसहित मिलमा काम गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ ।

कर्जन्हा नगरपालिका वडा नं.३ बन्दिपुरका रामवृक्ष महतोको घरबाट काठसहित कामदार धनुषा क्षिरेश्वर नपा २४ वर्षिय रोशनकुमार महतोलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा महतोको घरमा लुकाई छिपाई राखेको अस्थामा ६५.१७ क्यूविफिट सालको काठ सहित उपकरण बरामद गरेको हो । प्रहरीले घरको कोठामा लुकाई राखेको अवस्थामा ९० थान सालको चिरान, झ्याको तयारी फ्रेम तीन सय तीन थान बरामद गरेको छ ।

सोही क्रममा २ थान मोटर, ३ थान रन्दा, प्लापार्ने ग्रेन्टर २ थान, आरा एक थान र आड इन्च बेन्च ग्रिन्डर एक थान सहित ९ थान लगाएत उपकरण बरामद गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तुलालप्रसाद जैसवारले जनाएको छ ।

पक्राउ परेका मानिससहित बरामद सामग्री आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय लहानलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी (डिएसपी) विनोद घिमिरेले बताए ।