उदयपुर । उदयपुरको बनाल खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सिराहा घर भई उदयपुरको उदयपुरगढी गाउँपालिका–७ को गणेश अधिकारीको घरमा बस्दै आएका दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी नवीना खड्काको खोलामा डुबेर मृत्यु भएको हो ।

हिजो दिउँसो करिब साढे ४ बजे घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको जिप्रका उदयपुरले जनाएको छ ।