धरान । संविधान संसोधन विधेयक राष्ट्रियसभाले पनि सर्वसम्मतले पारित गरेको छ ।

बिहीबार सम्पन्न मतदानमा ५७ जनाले मतदान गरेका थिए । राष्ट्रियसभामा ५९ जना रहने व्यवस्था छ तर, एक सिट खाली छ भने अध्यक्षले मतदान गर्ने प्रावधान छैन । उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार बहुमतले नै संविधान संशोधन प्रस्तावमा मतदान गरेका छन् ।