वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकास्थित महेन्द्र माविको क्वारेन्टिनबाट ग्यास सिलिण्डर चोरी भएको छ ।

बुधबार ५ किलोग्रामको सानो एलपीजी सिलिण्डर चोरी भएको हो । ३ जना महिला रहेको सेन्टरबाट ग्यास चोरी भएको वराहक्षेत्र नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।

त्यस्तै वराहक्षेत्र ११ स्थित जनता माविको क्वारेन्टिनबाट घर फिर्ता भएकाहरूले पनि झुललगायतका सामग्री लाने प्रयास गरेको स्वास्थ्य निरीक्षक मेहताले बताए ।