धरान  / औषधीको मिश्रणबाट लागु औषध बनाउन तयार गरेको औषधीसहित धरानबाट दुई जना कारोवारीलाई प्रहरीले पक्राउ गरि आज औषधी ब्यवस्था बिभाग बिराटनगर मोरङमा बुझाएको छ ।

धरान १५ की २३ बर्षीय मनिषा राईको घरमा अबैध ट्रामाडोलसमेतका औषधी संचय गरी राखी वेचबिखन गर्दछन् भन्ने सुचना प्राप्त भई इलाका प्रहरी कार्यालय धरानले उनको घरमा खानतलासी गरेको थियो ।

निज राईको घरबाट  डाइसाक्लोमाइन हाइड्राेक्लोराइड आइपी लेखिएको ३५५ ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड ५० एमजीको क्याप्सुल ३५५ थान फेला पारेको थियो । सो औषधी बेचबिखन गर्ने कार्यमा संलग्न मनिषा राई र धरान ५ बस्ने बर्ष २९ को उमेश राईलाई हिजो पक्राउ गरी बरामद औषधीसहित विराटननगर पठाइएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।