धरान / सुनसरीको हरिनगर गाउँपािलिका २ स्थित सडक खण्डमा मंगलबार स्थानिय व्यापारीहरुलाई आफु घुमुवा पैहरी हुँ भन्दैं असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हरिनगर गाउपालिका वडा नम्वर ५ बस्ने समि अक्तर मियाको छोरा वर्ष २३ को असरार अहमदमियाले म घुमुवा प्रहरी हुँ भनि प्रहरीको वदनाम गरी डर त्रास देखाइ गैह्र कानूनी तवरले रकम असुली गरीरहको अवस्थामा प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ गरेका मियालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ११८ अन्तरगत अभद्र व्यवहार मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए । ती मियाले आफु प्रहरी भएको भन्दैं व्यापारीहरुलाई धम्काएर पैसा उठाउदैं आएको स्थानीयले बताएका छन् ।