लक्ष्मीमार्ग / मोरङको बेलबारी स्थित लोहन्द्रा खोलाको पुलमा सोमबार राती टिपरको ठक्करबाट एक जना युवाको ज्यान गएको छ ।

मोटरसाइकलमा सवार बेलबारी १ का २९ बर्षीय अनिल धिमाललाई को १ क ३२५० नम्बरको टिपरले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको हो । टिपरले ठक्कर दिदा धिमाल घाइते भएको र उनको उपचारको क्रममा नोवेल मेडिकल कलेज बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले बताए ।

टिपर र चालक भने प्रहरी नियन्त्रणमा रहेका छन । मंगलबार मृतकका परिवार तथा आफन्तहरुले बिहानै देखि टिपरहरु आवतजावत बन्द गराएका थिए । बेलबारी ट्राफिक कार्यालय अगाडि उनीहरुले विभिन्न माग राख्दै टिपरको आवतजात बन्द गराएका हुन ।