धरान / केही दिन अघि धरान १४ विजयपुरस्थित झोलुङगे पुल मुनी किशोरको शव भेटिएको सेलाउन नपाउदैं सोही क्षेत्रमा एक जना आज झुण्डिएर आत्महत्या गरेका छन् ।

विजयपुरको झोलुङ्गे पुल नजिकै घरको बाथरुममा डोरीले झुण्डिएर आत्महत्या गरेको प्रहरी पोष्ट विजयपुरले जानकारी दिएको छ ।
४९ बर्षीय दिवस राईले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीको टोली घट्नास्थल पुगेर शवलाई नियन्त्रणमा लिएको छ ।

बाथरुमभित्र नाम्लो डोरीले झुण्डिएको र स्थानीयले देखेपछि ढोका फोडेर भित्र प्रवेश गरेर डोरी काटेका भए पनि उनको ज्यान गइसकेको ओलीले जानकारी दिए ।
लकडाउनको समयमा विजयपुरकै एक जना युवाले झुण्डिएर आत्महत्या गरेका थिए ।
धरान १४ स्थित विजयपुरको बमधारा मार्गमा रुखमा झुन्डिएको अवस्थामा एक स्थानीय मनोज भिनेन हरिप्नसाद अधिकारी बैशाख १३ गते विहान झुण्डिएको अवस्थामा फेला परेका थिए । लकडाउनको बेला धरानमा मात्र तीन जानले झुण्डिएर आत्महत्या गरेका छन् । एक साता अघि क दिदीको घरमा बस्दैं आएका एक किशोर झोलुङ्गे पुलमा मृत फेला परेका थिए ।
गत बेशाख अन्तिम साता धरान ५ स्थित देउरालीका २९ वर्षीय सुनील ढुङ्गेलले अफ्नै घरमा सलको पासो लगाएर झण्डीएर आत्महत्या गरेका हुन ।

मृतक ढुङ्गेल अत्याधिक मधिरा सेबन गर्ने गरेको र उनकी श्रीमती करीब ३ वर्षा अघि उनलाइ छाडेर अर्कैसंग गएको प्रहरीले बताएको छ । उनकी ११ वर्षाय छोरी , अन्दाजी ५५ वर्षीय आमा र उनी गरी ३ जना घरमा बस्दै आएका थिए ।
यस्तै गत बैशाख २४ गते कक्षा १२ मा अध्यानरत धरान ११ का सुदिप राईले झुण्डिएर आत्महत्या गरेका थिए ।

खोटाङ घर भइ पढ्नकालागी धरान ११ सुनौलो मार्गमा रहको फुपुको घरमा बस्दै आएका १८ बर्षीय सुदिप राईले झुण्डिएर आत्महत्या गरेका हुन् ।
यस्तै गत बैशाख १८ गते राती धरान उपमहानगरपालिका–१५ मा घरायसी झगडा हुँदा एक युवकले आत्महत्या गरेका थिए ।
मोरङ गछिया घर भएका २७ बर्षीय लक्ष्मण विश्वकर्माले राती धरान–१५ स्थित भानु मार्गको डेरामा आत्महत्या गरेका हुन । प्रहरीका अनुसार उनले कान्छी श्रीमति राखेको र कान्छीलाई भेट्न गएको भन्दैं जेठी श्रीमति प्रतिक्षा विकले आफन्त लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । घट्ना पछि विश्वकर्माले बाथरुमा पसी सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।