धरान । ८ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेका धरान–१५ का श्री सुब्बालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सुब्बा बालिकालाई करणी गरेको आरोपमा जेठ ८ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा न्यायाधीश धर्मराज पौडेलको इजलासले पुर्पक्षका लागि थुनमा राख्ने आदेश दिएको हो । सोमबार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न २ नम्बर बेञ्चका न्यायाधीस पौडेलले आदेश दिएका हुन् । अदालत स्रोतका अनुसार सोमबार वादी प्रतिवादीका वकिलहरूको वहसपछि न्यायाधीश पौडेलले पुर्पक्षका लागि थुनामा राख्दै आदेश दिएका हुन् ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज वलीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जानकारी दिए । उनी विभिन्न समयमा पटकपटक विभिन्न मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् । उनी पछिल्लो समय संघीय समाजवादी पार्टीका युवा संगठनको प्रदेश १ का अध्यक्ष रहेका थिए ।