धरान । धरानका राजनीतिक चिन्तक बिए कृष्ण श्रेष्ठले कोरोना महामारीलाई देशले सानो समस्याका रूपमा नलिई ठूलो समस्याको रूपमा लिएर जानका लागि आग्रह गरेका छन् ।
चिन्तक श्रेष्ठले विश्व नै तहसनहस पारेको अवस्थामा यसलाई विश्वव्यापी रूपबाट अगाडि बढाउँदैनौं तबसम्म समस्याको समाधान नहुने बताए । ‘जबसम्म यसलाई विश्वव्यापी रूपबाट यो कुरालाई अगाडि लगाउँदैनौं, तबसम्म यसलाई राम्रो रूपबाट व्यवस्थापन गर्न सक्दैनौं’–उनले भने ।
उनले एकात्मक रूपबाट लिएर जानुपर्ने र भवितब्यमा ठूलो समस्याको रूपमा परिवर्तन गरेर समझदारीका साथ समस्याको समाधान गर्नुपर्ने बताए । विश्वमा भएका समस्यालाई एकाग्र भएर समीक्षा गर्ने बेला आएको उनले बताए । उनले यतिबेला सबै दलहरू एक ठाउँमा उभिएर कसैको पक्ष र विपक्षमा नभई पहिला समस्याको समाधान गर्नका लागि आग्रह गरे ।
‘त्यसपछि पक्ष विपक्षमा जाँदा हुन्छ, अहिले सबैभन्दा ठूलो समस्या एकाग्र भएर समीक्षा गरौं’, उनले भने, ‘समस्यालाई मिलेर लानुपर्छ भन्ने मेरो कुरा हो ।’ उनले देशको शक्ति र छिमेकी देशको शक्तिलाई बाँधेर समस्या समाधान गर्नेतर्फ उन्मुख हुनुपर्ने बताए ।