धरान । सरकारको विरुद्धमा धरानमा आज पनि प्रदर्शन भएको छ । स्वतस्फूर्त रूपमा युवाहरू सहभागी भएर धरानको भानुचौकसम्म ¥याली निकाल्दै प्रदर्शन गरेका हुन् ।

धरानको छाताचौकस्थित पुरानो अस्पतालबाट सुरु भएको र्याली भानुचौकमा आई टुंगिएको थियो । युवाहरू विभिन्न प्ले कार्डहरू बोकेर र्यालीमा सहभागी बनेका थिए । भानुचौकमा आई पुगेर राष्ट्रिय गीत गाउँदै प्रदर्शन गरेका हुन् ।

sarakar_protest_dharan (1) के सरकारले सुन्ला र !, दश अर्ब खोई ? लगायतका प्ले कार्ड बोकेर स्वतस्फूर्त रूपमा करिब ३ सयभन्दा बढी युवाहरू सहभागी बनेर प्रदर्शन गरेका हुन् । विगत केही दिनदेखि सरकारविरुद्ध विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ ।

सरकारले बिहीबारको प्रदर्शनमा काठमाडौंमा पानीको फोहोरा तथा अश्रुग्यास प्रहार गर्दै प्रदर्शनकारीलाई विथोल्ने प्रयास गरेको थियो । जसका कारण थप शान्तिपूर्ण आन्दोलनहरू चलिरहेका छन् । फेसबुकमार्फत् आह्वान गर्दै युवाहरूले सडकमा प्रदर्शन गरिरहेका हुन् । धरानमा शुक्रबार साँझतिर पनि युवाहरूले प्रदर्शन गरेका थिए ।

sarakar_protest_dharan (2)

धरानमा  भएको प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गरेको छैन । विराटनगर, पोखरा पनि यसै गरी प्रदर्शन भइरहेको छ । सरकारले कोरोना भाइरसको किट खरिदमा अनियमितता गरेको, आरडिटी परीक्षणलाई मात्रै प्राथमिकता दिएको, पीसीआर प्रविधिमा थोरै मात्र परीक्षण गरेपछि सरकारलाई दबाव दिनका लागि युवाहरूले प्रदर्शनलाई जारी राखेका छन् ।

दुई दिनअघि मात्रै धरान महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति सागर सरगम चेम्जोङले फेसबुकमार्फत् सरकारको विरोध गर्नका लागि सहभागी हुन आह्वान गरेका थिए । तत्कालीन संघीय समाजवादी पार्टीबाट स्ववियु सभापति जितेका उनले केही दिनअघि मात्रै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

sarakar_protest_dharan (4)