• किस्तिका चाैधरी 

धरान /  कोरोना महामारी नियन्त्रणको क्रममा भ्रष्टचार गरेको तथा पिसिआर परीक्षणको काम गदैं हिजो राजधानीमा लागेको नारा आज धरानमा पनि लागेको छ ।

सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा धरानमा पनि युवाहरुले सरकार विरुद्ध नारावाजी गरे ।
उनीहरु सरकारविरुद्ध प्लेकार्ड लिएर चर्को नारावाजी गरेका थिए । धरानको भानुचोकमा भेला भएका सयौं युवाहरुले नारावाजी गरेका हुन ।

सरकारविरुद्ध देशव्यापी प्रर्दशनको क्रममा धरानमा पनि युवाहरुले प्रर्दशन गरेको छन् ।
लगातार ८० दिन लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका हुन । कुनै राजनीतिक दलको ब्यानरविना देशभर एकैपटक नागरिकले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेका थिए ।

हिजो लकडाउन खुकुलो भएकै दिन हजारौँ युवाले प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गरेका छन् । राजधानीबाहिर पनि सबै प्रमुख सहरमा नागरिक शान्तिपूर्ण विरोधमा उत्रिने क्रममा आज धरानमा देखिए ।

क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा युवाहरु आक्रोसित छन् । तर, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै नागरिकले सरकारसँग खर्चको हिसाब पनि मागेका छन् । धरानको भानुचोकमा पनि स्वास्थ्य सामाग्री खरिदको हिसाव मागेका थिए ।

104191307_4036084039766087_1174376342513631572_n 103076067_2597503920501205_8229795403799038723_n