धरान / कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी नभएको, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर आज बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

भीडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा हानेर तितरवितर बनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले बल प्रयोग गरिएको जानकारी दिए ।