धरान । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन तीन चरणमा विभाजन गरी खुकुलो बनाउने रणनीति अघि सारेको छ ।

सरकारले लकडाउनको खुकुलो नीतिबारे आज जानकारी गराउँदै छ । सुरक्षा मापदण्ड पालना गरेर उद्योग, व्यवसाय, कृषिलगायत खोल्ने भएको छ । भिडभाड हुने क्षेत्रहरू स्कुल, कलेज, सिनेमा घरलगायतमा भने प्रतिबन्ध कायमै रहने छ ।

सरकारले तीन चरणमा खुकुलो बनाउने नीति अख्तियार गरेको हो । जसमा पहिलो चरण २१ दिनसम्म खुल्ला गर्ने भएको छ । त्यसपछि स्थितिलाई हेरेर १५ दिन र थप तेस्रो चरणमा पनि १५ दिनसम्म खुल्ला गर्ने नीति अख्तियार गरेको हो ।

सरकारले कोरोना भाइरस सुरु भएपछि नेपालमा चैत ११ गतेदेखि पटक पटक गरेर लकडाउन बढाइरहेको छ । लकडाउनको समयसीमा जेठ ३२ गतेसम्म छ । तर, लकडाउनको सबत्र विरोध तथा दबाव परेपछि सरकारले मोडालिटी परिवर्तन गरेर नयाँ नीति अख्तियार गर्न लागेको हो ।