लक्ष्मीमार्ग । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) एक नम्बर प्रदेश समितिले विदेशबाट तरकारी र फलफूल रोक्न माग गरेको छ ।

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै समितिले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन माग गरिएको छ । किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा बालीलाई प्राथमिकता दिएर विदेशबाट आयत हुने तरकारी र फलफूललाई रोक्न माग गरेको हो ।

त्यस्तै एक स्थानीय निकायमा एक सरुवा रोग प्रयोगशाला र कोभिड १९ को परीक्षण तथा उपचार केन्द्र स्थापना गरी आमनागरिकलाई स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ । भारतले अतिक्रमण गरेको भूमिलाई ल्याउन प्रभावकारी कदम चाल्नका लागि समितिका प्रदेश १ संयोजक हिमप्रसाद मिश्रले जनाएका छन् । एमसीसीमा भएको राष्ट्रघाती बुँदाहरूलाई खारेज गर्नसमेत नेपाल सरकारसँग उनले माग गरे ।