धरान / छिल्लो २४ घन्टामा देशभर थप तीन सय १४ जनामा कोरोना संक्रमित थपिदा कुल संक्रमितको संख्या ३७६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतम दिएको जानकारी अनुसार संक्रमितमध्ये हालसम्म चार सय ८८ जना निको भएर घर फर्किएका छन् ।
गौतमले विराटनगर प्रादेशिक अस्पतालमा १६ जना, कोसी अस्पताल प्रयोगशालामा १० जना, बिपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरानमा १६ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला दुईजना, नारायणी अस्पताल प्रयोगशालामा १९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चार, भेरी अस्पताल प्रयोशालामा १९, सुर्खेत प्रादेशिक अस्पतालमा १६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ६५ जना र र्राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १३२ मा कोरोना पुष्टि भएको जानकारी गराए ।
सोमबारसम्म मृत्यु हुनेको संख्या १४ पुगेको छ । विश्वमा संक्रमितको संख्याको आधारमा छिमेकी भारत छैठाै स्थानमा पुग्दा नेपाल ७९ औं स्थानमा रहेको छ । भारतमा दुई लाख ५८ हजार भन्दा बढि संक्रमित छन् भने ७ हजार भन्दा बढिले ज्यान गुमाएका छन् ।